Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ २० | 2023 Jun 03
Flash News

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते नेपाल आउँदै

9 months ago
भारतीय-स्थल-सेनाध्यक्ष-जनरल-मनोज-पाण्डे-भदौ-१९-गते-नेपाल-आउँदै

भाद्र १५ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते नेपाल आउनु हुने  भएको छ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँच सदस्यीय भ्रमण दलका साथ पाण्डे नेपाल आउनुहुने भएको हो । 

भ्रमणको मुख्य अंशको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने कार्यतालिका रहेको छ । भ्रमणका क्रममा पाण्डेले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको स्रोतले जनाएको छ ।


भ्रमणका क्रममा पाण्डेले  सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटवार्ता, भारतीय सेनाको तर्फबाट सहयोग स्वरूप प्रदान हुने विविध सामग्रीहरूको हस्तान्तरण कार्यक्रम गर्ने कार्यक्रम रहेको छ । त्यस्तै कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जानकारी दिएको छ ।