Devdaha Tv | खेलकुद
आश्विन १८ | 2022 Oct 04
Flash News

एसिया कप २०२२ मा श्रिलंकाको जित

3 weeks ago
एसिया-कप-२०२२-मा-श्रिलंकाको-जित

भाद्र २७ । एसिया कप–२०२२ को फाईनलमा श्रिलंकाले रोमाञ्चक जित निकालेको छ । आईतबार राति दुवईको अन्तर्राष्ट्रिय स्टेडियममा भएको एसिया कप २०२२ को फाईनलमा पाकिस्तानसँगको खेलमा श्रिलंका २३ रनले विजयी भएको हो । श्रिलंकाका वानिन्दु हसरंगा प्लेयर अफ द टुर्नामेन्ट भएका छन् भने श्रिलंकाका भानुका राजापाक्सा प्लेयर अफ द म्याचको उपाधिले सम्मानित भएका छन् । 

श्रिलंकाका लागि भानुका राजापाक्साले ४५ बलमा नटआउट रहँदै ७१ रनको योगदान गरे । वानिन्दु हसरंगाले २१ बलमा ३६ रनको योगदान गरे भने धनन्जय डी सिल्भाले २१ बलमा २८ रनको योगदान गरे । 

टस जितेर बलिङ् गरेको पाकिस्तानले श्रिलंकाले दिएको १७० रनको लक्ष्य निर्धारित २० ओभरमा पूरा गर्न नसकी १४७ रनमा समेटियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले ४९ बलमा ५५ रनको योगदान गरे, ईफ्टिकर अहमिदले ३१ बलमा ३२ रनको योगदान गरे । त्यस्तै पाकिस्तानका ह्यारिस रौफले ९ बल खेल्दै १३ रनको योगदान गरेका थिए ।