Devdaha Tv | स्थानीय
आश्विन १८ | 2022 Oct 04
Flash News

कोलिय देवदह साकोसको सितलनगर र रामपुर सेवा केन्द्र स्तरीय साधारण सभा सम्पन्न

3 weeks ago
कोलिय-देवदह-साकोसको-सितलनगर-र-रामपुर-सेवा-केन्द्र-स्तरीय-साधारण-सभा-सम्पन्न

भाद्र । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको १७ औँ साधारण सभा अन्तर्गत रामपुर सेवा केन्द्र र सितलनगर सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । सोमबार रामपुर सेवा केन्द्रको साधारण सभा बैरागनाथ मन्दिर सुनवल ८ मा र सितलनगर सेवा केन्द्रको साधारण सभा होट्ल ॐ दर्शन देवदह ७ पिपलडाँडामा सम्पन्न भएको हो । देवदह क्षेत्रको पुरानो सहकारीको रुपमा रहेको सहकारीमा कुल १४ हजार ८ सय ८८ जना शेयर सदस्य रहेका छन् भने कुल शेयर पुँजी ११ करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको छ । त्यस्तै संस्थागत पुँजी ९ करोड ४६ लाख ५३ हजार ५ सय १० र बचत १ अर्ब १९ करोड ५५ लाख ३१ हजार २ सय १८ रुपैयाँ रहेको छ । सहकारीको ऋण लगानी १ अर्ब ३५ करोड १ लाख ४५ हजार ६ सय ४० तथा कुल सम्पत्ति एवं दायित्व १ अर्ब ५३ करोड ९९ लाख ५० हजार ९ सय ७८ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।

२०७७ मंसिरबाट सञ्चलानमा अएको रामपुर सेवा केन्द्रमा हाल ८ सय ३३ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ । त्यस्तै सितलनगर सेवा केन्द्रमा २ हजार ८ सय ५६ शेयर सदस्य रहेका छन्  । १७ औँ वार्षिक साधारण सभा अन्तर्गत भाद्र २५ गतेबाट सुरु भएको सेवा केन्द्र स्तरीय साधारण सभा ३१ गते सकिने र मूल समारोह आगामी असोज ३ गते सम्पन्न हुने सहकारीले जनाएको छ ।

सहकारीको साधारण सभाको अवसरमा लायन्स क्लब अफ देवदहले निशुल्क रक्तचाप तथा मधुमेह परिक्षण शिविर सञ्चालन गरेको छ । क्लबका अध्यक्ष बिष्णु प्रसाद ज्ञावालीले सहकारीको हरेक सेवा केन्द्र स्तरीय साधारण सभामा निरन्तर रुपमा शिवीर सञ्चालन गरिने जानकारी दिनुभयो ।

रामपुर सेवा केन्द्रको साधारण सभा सहकारीका सञ्चालक सदस्य तथा रामपुर सेवा केन्द्र व्यवस्थापन समिति संयोजक दुर्गा कंडेलको अध्यक्षता, सहकारीका सल्लाहकार तथा संस्थापक अध्यक्ष तुल्सीराम शर्माको विशेष आतिथ्यता, रामपुर सेवा केन्द्र व्यवस्थापन उपसमितिका सदस्य कुमार आले मगरको स्वागत र सहकारीका व्यवस्थापक बिनोद पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा सहकारीले प्रदान गरेको तालिमबाट सीप सिकका सदस्यहरुले उत्पादन गरेको चुरापोते बिक्रीका लागि स्टल समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष शुवकान्त न्यौपाने, कोषाध्यक्ष प्रजापति सापकोटा लगायत सञ्चालक समितिका पदाधिकारी, कर्मचारीहरु तथा शेयर सदस्यको उपस्तिथिती रहेको थियो ।

त्यस्तै सितलनगर सेवा केन्द्रको साधारण सभा सितलनगर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक हरि भण्डारीको अध्यक्षता, सदस्य यम बहादुर काउचाको स्वागत, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव तथा सहकारीका प्रमुख सल्लाहकार ऋषिराम सापकोटाको विशेष आतिथ्यता र सहकारीका सह व्यवस्थापक बुद्धिसागर अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव तथा सहकारीका प्रमुख सल्लाहकार ऋषिराम सापकोटा, सहकारीका संस्थापक अध्यक्ष सल्लाहकार कृष्णप्रसाद पौडेल, पुर्व अध्यक्ष तथा सल्लाहकार भिम गुरुङ्गले शुभकामना मन्तव्य राख्नुभएको थियो ।