Devdaha Tv | स्थानीय
आश्विन १८ | 2022 Oct 04
Flash News

सिक्टहन स्वास्थ्य चौकीमा भिडियो एक्स रे सेवा सुरु

3 weeks ago
सिक्टहन-स्वास्थ्य-चौकीमा-भिडियो-एक्स-रे-सेवा-सुरु

भाद्र २७ । सिक्टहन स्वास्थ्य चौकीमा भिडियो एक्स रे सेवा सुरु भएको छ । भिडियो एक्स–रे मेसिन लुम्बिनी प्रदेशको स्वस्स्थ्य मन्त्रालयले उपलब्ध गराएको स्वास्थ्य चौकीका प्रमुख रेशम सुनारले जानकारी दिनुभयो । 

सोमबार स्वास्थ्य चौकी देवदह १२ ढोलबजवामा आयोजित एक कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले सेवाको उद्घाटन गर्दै भिडियो एक्स रे सेवा सिक्टहन स्वास्थ्य चौकीको लागि अत्यन्तै आवश्यक भएको बताउनुभयो । उपप्रमुख गुरुङ्गले देवदहका अन्य वडाहरुको तुलनामा वडा नम्बर ११ र १२ अलि पिछडिएको अवस्थामा रहेका कारणले अघिल्लो कार्यकालमा बर्थिङ्ग सेन्टरको रुपमा बिकास गरिएको उल्लेख गर्दै नगरपालिका जिरो होम डेलिभरीको अभियान, पोषण झोला लगायतको व्यवस्थापन गरेको जानकारी गराउनुभयो । उहाँले भिडियो एक्स–रे सेवालाई समुचित व्यवस्थापन गरेर अगाडि बढ्न सके स्थानीय बासीलाई निकै सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा संस्थाका अवकास प्राप्त कार्यालय सहयोगी रामदुलारे यादवलाई बिदाई समेत गरिएको थियो । साथै मायादेवी गाउँपालिकाबाट सरुवा भएर सिक्टहन स्वास्थ्य चौकीमा आउनुभएका सि अहेब कुल बहादुर खत्री क्षेत्रीलाई स्वागत समेत गरिएको थियो । 

कार्यक्रममा समाजसेवी उदयराज केवट, सिक्टहन मा. वि.का प्रधानाध्यापक दुधनाथ कुँवर, स्वास्थ्य अधिकृत राम प्रसाद बस्याल लगायतले आ–आफ्ना भनाई राख्नुभएको थियो । 

कार्यक्रम देवदह १२ का वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष डेग बहादुर सारुको अध्यक्षता, वडा सदस्य तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष उमा रानाको स्वागत एवं स्वास्थ्य चौकी प्रमुख रेशम सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।