Devdaha Tv | राजनीति
आश्विन १८ | 2022 Oct 04
Flash News

चिनियाँ नेता ली आज स्वदेश प्रस्थान 

2 weeks ago
चिनियाँ-नेता-ली-आज-स्वदेश-प्रस्थान-

भाद्र ३० । ४ दिने भ्रमणमा नेपाल आउनुभएका चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सु आज बिहान स्वदेश फर्कनुभएको छ । बिहीबार बिहान नेपालको चारदिने औपचारिक भ्रमणको सफल समापनपछि चीनको राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिका अध्यक्ष एचई मिस्टर ली झान्सु र उहाँको प्रतिनिधिमण्डलका सदस्य आज बिहान काठमाडौंबाट प्रस्थान गरेको हो । 

चान्सूलाई सभामुख अग्निप्रसाद सापकोटा र सङ्घीय संसद् तथा परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले विदाई गरेका थिए । 

चान्सू सोमबार सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा ४ दिने नेपाल भ्रमणमा आउनुभएको थियो । भ्रमणका क्रममा चान्सूले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमनत्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्रि नारायण खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतसँग भेटघाट गर्नुभएको थियो ।