Devdaha Tv | स्थानीय
आश्विन १८ | 2022 Oct 04
Flash News

लायन्स क्लव अफ देवदहद्धारा आयोजित शिविरमा ३ हजार १ सय ५९ जनाको निशूल्क मधुमेह तथा रक्तचाप परिक्षण

2 weeks ago
लायन्स-क्लव-अफ-देवदहद्धारा-आयोजित-शिविरमा-३-हजार-१-सय-५९-जनाको-निशूल्क-मधुमेह-तथा-रक्तचाप-परिक्षण

भाद्र ३१ । लायन्स क्लब अफ् देवदहले आफ्नो वार्षिक कार्यक्रम तथा डिष्ट्रिक्ट कार्यक्रम अन्तर्गत निशूल्क मधुमेह तथा रक्तचाप परिक्षण शिविर सम्पन्न गरेकोे छ । भाद्र २५ गते देखि सुरु भएको कोलिय देवदह  बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा केन्द्र स्तरीय वार्षिक साधरण सभामा क्लबले सहकारीसँगको सहकार्यमा सञ्चालन गरेको निशूल्क शिविर शुक्रबार समापन गरेको छ ।
शुक्रबार आयोजित समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्लबका चार्टर प्रेसिडेन्ट तथा लायन्स क्लब इन्टरनेशनल ३२५ पि का डिष्ट्रिक्ट एडभाइजर लायन विष्णु प्रसाद पौडेलले क्लबले स्थापना कालदेखि विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको र यस लायन वर्षमा पनि डिष्ट्रिक्टको कार्यक्रमलाई समेटेर क्लबले आफ्ना सामाजिक कार्यक्रम अगाडी बढाइरहेको भन्दै क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले निशूल्क शिविरबाट अत्याधिक देवदहवासीले स्वास्थ्य लाभ गरेको प्रति खुसी व्यक्त गर्दै जनसमुदायमा प्रत्यक्ष प्रभाव पार्ने यस्तै खालका रचनात्मक कार्यक्रमहरु गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट ड्युपुटी ट्रेजरर लायन ऋषिराम सापकोटा, पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुमान सिंह के.सी., पूर्व अध्यक्ष तथा जोेन चेयर पर्सन राम बहादुर गुरुङ्ग, आई.पी.पी. लायन बिनोद थापा मगर, कोलिय देवदह साकोसका अध्यक्ष शुभकान्त न्यौपाने, कोषाध्यक्ष प्रजापति सापकोटा, सल्लाहकार भीम गुरुङ्ग, प्रकाश अर्याल, बिनोद पराजुली, बुद्धिसागर अर्याल, राजु रेग्मी लगायतकोे उपस्थिती रहेको थियो । 
भाद्र २५ गतेदेखि सुरु भएको परीक्षण शिविर हरेक सेवा केन्द्र स्तरीय साधारण सभामा सञ्चालन गरिएको थियो जसमा जम्मा ३ हजार १ सय ५९ जनाले मधुमेह तथा रक्तचाप परिक्षण गरि स्वास्थ्य लाभ लिएकोे कार्यक्रम संयोजक जस बहादुर पुनले जानकारी दिनुभयो ।
क्लबले यस अगाडी निशूल्क आँखा शिविर पनि सम्पन्न गरिसकेको र लगत्तै बालबालिकाको क्यान्सर रोग सम्बन्धि शिविर पनि सञ्चालन गर्ने अध्यक्ष लायन विष्णु प्रसाद ज्ञावलीले बताउनुभयो । निशुल्क मधुमेह तथा रक्तचाप परीक्षणमा देवदह मेडिकल कलेज र केरवानी स्वास्थ्य चौकीले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रम क्लबका अध्यक्ष लायन विष्णु प्रसाद ज्ञावलीको अध्यक्षता, प्रथम उपाध्यक्ष लायन मन बहादुर क्षेत्रीको स्वागत, कार्यक्रम संयोजक जस बहादुर पुनको धन्यवाद र सचिव गणेश क्षेत्रीको सञ्चालनमा सम्पन्न भएकोे थियोे ।