Devdaha Tv | स्थानीय
आश्विन १८ | 2022 Oct 04
Flash News

कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था ढेकावर सेवा केन्द्रको १७ औं बार्षिक साधारण सभा सम्पन्न

2 weeks ago
कोलिय-देवदह-बचत-तथा-ऋण-सहकारी-संस्था-ढेकावर-सेवा-केन्द्रको-१७-औं-बार्षिक-साधारण-सभा-सम्पन्न

भाद्र ३१ । सहकारीको माध्यमबाट आर्थिक विकास गर्न सकिने रुपन्देहीको देवदह नगरपालिका–२, ढेकावरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था ढेकावर सेव केन्द्रको १७ औं बार्षिक साधारण सभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन् । उनीहरुले सहकारीले शेयर सदस्यहरुलाई उद्यमी बनाउनको लागि सीपमुलक तालिम संचालन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरुले शेयर सदस्यहरुलाई उत्पादन संग जोड्न सकेमात्र आर्थिक विकास गर्न सकिने बताएका छन् । 

ढेकावर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मी सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार ईश्वरी ढुंगाना, पुर्वअध्यक्ष तथा सल्लाहकार जयकिशन अधिकारी, कोषाध्यक्ष प्रजापति सापकोटा, पुर्व कोषाध्यक्ष जागेश्वर पंगेनी लगायतले आ–आफना भनाई राख्नुभएको थियो । 

कार्यक्रममा संयोजक सिग्देलले सेवा केन्द्रको बार्षिक प्रतिवेदन र संस्थाका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन निर्देशिकाका वारेमा प्रकाश पार्नुभएको थियो । सोही अवसरमा ५७ जना जेष्ठ सदस्यहरुलाई नगद सहित समान गरिएको थियो । 

साधारण सभाले मूल कार्यक्रमको लागि १ सय २३ जना प्रतिनिधि समेत छनोट गरेको छ । सेवा केन्द्रका सदस्य पवित्रा भारतीको स्वागत र व्यवस्थापक विनोद पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

यसैगरी शंकरपुर सेवा केन्द्र देवदह–१२, को बार्षिक साधारण सभा सम्पन्न भएको छ । शंकरपुर सेवा केन्द्र व्यवस्थापन उपसमितिका संयोजक गीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तुल्सीराम शर्मा, पुर्वअध्यक्ष भिमप्रसाद गुरुङ्ग, शेयर सदस्यहरु दुरमान गुरुङ्ग, नन्दप्रसाद भूषाल लगायतले आ–आफना भनाई राख्नुभएको थियो । 

संयोजक न्यौपानेले सेवा केन्द्रको बार्षिक प्रतिवेदन र संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेले निर्वाचन निर्देशिकाका वारेमा प्रकाश पार्नुभएको थियो । साधारण सभामा १६ जना जेष्ठ नागरिकलाई नगद सहित समान गरिएको थियो । सेवा केन्द्रका सदस्य प्रर्शुराम न्यौपानेको स्वागत र सहव्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।