Devdaha Tv | राजनीति
आश्विन १८ | 2022 Oct 04
Flash News

आगामी निर्वाचनमा लागि अस्थायी मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन 

1 week ago
आगामी-निर्वाचनमा-लागि-अस्थायी-मतदाता-नामावली-संकलन-कार्यक्रम-सञ्चालन-

मिना गैरे । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली तयारी कार्यक्रम गर्ने भएको छ । निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै आसन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन प्रयोजनका लागि मतदाता नामावली ऐन २०७३ को दफा ३० बमोजिम अस्थायी मतदाता नामावली संकलन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । आयोगले उक्त कार्यक्रम सार्वजनिक विदाको दिनमा पनि सञ्चालन हुने जनाएको छ ।

आयोगले असोज ६ गते देखि ८ गतेसम्म नेपाल सरकार मातहतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, थुनुवा, कैदी निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी लगायत नेपाल सरकार मातहतका प्रदेश सरकार वा स्थानीय सरकार मातहतका कार्यालयहरुद्धारा स्वीकृत लिई सञ्चालन भएका वृद्धाश्रममा भएका व्यक्तिहरुलाई अस्थायी मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरुको नामावली कार्यालय प्रमुखले प्रमाणित गरी पठाउँन भनेको छ । 

आयोगले असोज ८ गतेदेखि अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको नाम प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउँन निर्देशन दिएको छ । 
त्यसपश्चात विवरण रुजु गरी प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गर्न कार्तिक १ गते निर्वाचन कार्यालयमा सम्पर्क गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 

अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशनमा त्रृटि भएका व्यक्तिले कार्तिक २ गतेदेखि ३ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने आयोगले जनाएको छ । कार्तिक ४ गते प्राप्त भएका निवेदन उपर जाचबुझ गरी शंशोधित मतदाता नामावली निर्वाचन कार्यालयले प्रकाशन गर्ने आयोगले जनाएको छ । 

त्यस्तै आयोगले शंशोधन गरीएका अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको दावी विरोध सम्बन्धित निर्वाचन कार्यालयमा गई कार्तिक ५ देखि कार्तिक ६ गतेसम्म गर्न सकिने जनाएको छ । 

आयोगले कार्तिक ७ गतेदेखि ११ गतेसम्म दावी विरोध निवेदन उपर जाचबुझ गर्ने जनाएको छ । त्यस्तैगरी आयोगले कार्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतादाता नामावली तयार गर्ने जनाएको छ र कार्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।