Devdaha Tv | स्थानीय
आश्विन १८ | 2022 Oct 04
Flash News

नर्मला महिला सिल्पकला केन्द्रको आयोजनामा नेपाल मेडिकल शो दोभानमा शुरु

1 week ago
नर्मला-महिला-सिल्पकला-केन्द्रको-आयोजनामा-नेपाल-मेडिकल-शो-दोभानमा-शुरु

असोज ४ ।  साना तथा लघु उद्यम मन्त्रालय भारत सरकारको सहयोगमा निर्मला महिला सिल्पकला केन्द्रको आयोजना तथा बासुरी ईभेन्ट म्यानेजमेन्टको ब्यवस्थापनमा नेपाल मेडिकल शो दोभानमा शुरु भएको छ । 

नेपाल र भारतबिच हेल्थ केयर ट्रेड, नेपाली विद्यार्थीहरुको लागि जागिर, मेडिकल, टेक्निकल, मेकानिकल र वैज्ञानिक ज्ञान विकास गर्ने, ब्यवसायिक दक्षता वृद्धि र वैज्ञानिक तथा मेडिकल रिसर्च विकास गर्ने उदेश्यका साथ सोमबार देखि ४ दिने प्रदर्शनी शुरु गरिएको हो । 

निर्मला महिला सिल्पकला केन्द्रका सचिव निर्मला वर्माले भारत सरकारसंग सहकार्य गरि एनजीओ मार्फत तालिम, सचेतना कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । त्यसै अन्तरगत नेपालभारतको ब्यापारिक, शैक्षिक उनयन कमका लागि प्रदर्शनी गरिएको बताउनुभयो । केन्द्रको सितापुर लखनउमा  कार्यालय रहेको छ । बायोभर्स टेक्नोलोजीज प्रालिका जिएम आकास सिंहले नेपालमा कोभिड संक्रमणको समय मेडिकल किटको ठूलो समस्या ब्यहोर्नु परेको भन्दै उहाँले प्रदर्शनीबाट अन्तर्राष्ट्रिय मेडिकल उत्पादकहरुलाई भित्राएर प्रत्यक्ष सम्पर्कको अवसर सृजना गर्ने काम आफुहरुले गरेको दाबी गर्नुभयो । प्रत्यक्ष उत्पादनसंग सम्पर्क गराउदै रोजगार, विजनेश समेतको अवसर सृजना गर्ने रुपमा गरिएको बताउनुभयो । दुई राष्ट्र बिच मेडिकल ब्यापार बढाउने योजनाका साथ विद्यालयरस्तरका बालबालिकाहरुलाई समेत आकर्षण गर्ने रुपमा भविष्यमा रोजगार, विजनेशको फिल्ड देखाउने काम गरेको बताउनुभयो । मेडिकल, कर्मश, लोकल क्षेत्रमा मानिसहरुलाई सम्पर्क गराएर रोजगार, बजारीकरण लगायतको अवसर दिने रुपमा कार्यक्रम गरिएको उहाँको भनाई छ । 

ओमेक्स हेल््थकेयर प्रालि, एसएम बायोटेक, जिनिसस ल्याब सोलुसन लगायत कम्पनीका अस्पताल, रिसर्च ल्याब, बायोटेकेनोलोजी, हेल्थ केयर डिपार्टमेन्टमा उपयोगी हुने लाईफ साईन्स डेभलोपका सामानहरु अटोक्लिप, वाटरवाथ, लाईगेसन बाथ, पिसिआर मेशिन, माईक्रोस्कोप, सेन्ट्रिफ्युज, डबल डेस्निलेसन युनिट, पिएच मिटर, स्पेक्ट्रोफोटो मिटर आदि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा क्यानडा, श्रीलंका, अमेरिका र १२ भारतको स्टल गरि २० वटा स्टल रहेका छन् । प्रदर्शनीमा दैनिक ३ सय दर्शकहरु अवलोकन गरिरहेका छन् ।