Devdaha Tv | अपराध
आश्विन १८ | 2022 Oct 04
Flash News

रुपन्देहीमा २१ बर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ

1 week ago
रुपन्देहीमा-२१-बर्षदेखि-फरार-रहेका-प्रतिवादी-पक्राउ

असोज ५ । रुपन्देहीमा कर्तव्य ज्यान मुद्धाका २१ बर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । 

ईलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शनिवार ५७ वर्षीय गैडहवा नगरपालिका ५ का रामपथी यादव भन्ने रामपति अहिर यादवलाई पक्राउ गरेको हो । यादव विगत २१ बर्षदेखि कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भई फरार रहेका थिए । 

यादवले २०५८ साल श्रावण २१ मा विष्णुपुरा गाविस वडा नं ७ स्थित पसल गरी वस्ने खडक बहादुर श्रेष्ठको रामपथी यादव भन्ने रामपति अहिर यादव समेतले हत्या गरेका थिए । 

यादवलाई रुपन्देही जिल्ला अदालतको २०७३ बैशाख ३० गते दोषी ठहर गरी जन्म कैदको सजाय सुनाएको थियो । फरार रहेका प्रतिवादी यादवलाई रुपन्देही साविक जोगडा गाविस वडा नं ७ हाल गैडहवा गाँउपालिका वडा नं ५ सिंहवा बाट ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको हो । यादवलाई पक्राउ गरी सजाय कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय रुपन्देही पठाएको प्रहरीले जानकारी दिएको छ ।