Devdaha Tv | समाचार
आश्विन १८ | 2022 Oct 04
Flash News

आयोगद्धारा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

1 week ago
आयोगद्धारा-निर्वाचनका-लागि-मुख्य-निर्वाचन-अधिकृत-र-निर्वाचन-अधिकृत-नियुक्त

६ असोज । मिना गैरे । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत पदमा १६५ जनालाई नियुक्त गरेको छ । आयोगले बुधबार सूचना जारी गर्दै अधिकृत र मुख्य अधिकृत नियुक्त गरेको जनाएको हो । 

आगामी मंसीर ४ गते हुन गईरहेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले प्रतिनिधी सभा निर्वाचन ऐन २०७४ को दफा ८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम जिल्ला न्ययाधिस तथा नेपाल न्याय सेवाका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृत कर्मचारीहरुलाई निर्वाचन अधिकृत र प्रमुख निर्वाचन अधिकृत तोकेको हो । तोकिएका अधिकृतहरुको पद असोज ११ गतेदेखि लागू हुँने निर्वाचन आयोगले जनाएको छ । 

आयोगले नियुक्त भएका अधिकृत र निर्वाचन अधिकृतहरुले असोज १२ र १३ गते निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । त्यस्तै आयोगले निर्वाचन अधिकृत नियुक्तिपत्र अभिमुखीकरण कार्यक्रममा उपलब्ध गराउने जनाएको छ । अभिमुखीकरण हुने स्थान आयोगको वेभसाईट डब्लु डब्लु डब्लु डट ईलेक्सन डट एनपीमा गएर हेर्न सकिन्छ ।