Devdaha Tv | स्थानीय
आश्विन १८ | 2022 Oct 04
Flash News

देवदहमा सप्ताहव्यापी १६ आौं विश्व रेविज दिवस–२०७९ शुरु

1 week ago
देवदहमा-सप्ताहव्यापी-१६-आौं-विश्व-रेविज-दिवस–२०७९-शुरु

असोज ६ । रुपन्देहीको देवदहमा सप्ताहव्यापी १६ आौं विश्व रेविज दिवस–२०७९ शुरु भएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोग र नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसियसन रुपन्देहीको व्यवस्थापनमा सप्ताहव्यापी कार्यक्रम शुरु भएको हो । 

सप्ताहव्यापी कार्यक्रम अन्र्तगत देवदह क्षेत्रमा रहेका छाडा कुकुरलाई रेविज भ्याक्सिन दिनुको साथै बन्ध्याकरण गरी रेविस दिवस शुरु गरिएको नेपाल पारा भेटेरिनरी एण्ड लाईभष्टक एशोसियसन रुपन्देहीका अध्यक्ष पिताम्वर खरेलले जानकारी दिनु भयो । कुकुरको र्यालबाट रेविज रोग लाग्ने भएकोले समाजमा रहेका छाडा कुकुरलाई रेविज भ्याक्सिन लगाउने अभियान संचालन गरेको उहाले जानकारी दिनु भयो । छाडा कुकुरलाई सकेसम्म हरेक ६÷६ महिनामा रेविज भ्याक्सिन लगाउन आवश्यक रहेको भन्दै साताप्यापी अभियानमा रेविजको वारेमा आमनागरिकलाई सचेतना जगाउने गरी अभियान संचालन गरिएको खरेलले बताउनु भयो । छाडा कुकुरलाई नियन्त्रण संगै रेविज रोग न्यूनिकरणको लागि सप्ताहव्यापी कार्यक्रमले सहयोग गर्ने खरेलले बताउनु भयो । खरेलका अनुसार देवदह–१०, चरेङ्गेबाट छाडा कुकुरलाई रेविजको भ्याक्सिन सगै बन्ध्याकरणको अभियान शुरु भएको बताउनु भयो । कुकुरको टोकाईबाट हुने रेविज रोगको वारेमा आमनागरिकलाई सचेत गराउने र गाउमा रहेका छाडा कुकुरलाई रेविज भ्याक्सिन लगाउनको लागि प्राविधिकहरु खटिरहेको खरेलले जानकारी दिनु भयो ।