Devdaha Tv | खेलकुद
मंसिर ११ | 2022 Nov 27

ईङ्गल्याण्डबिरुद्धको खेलमा पाकिस्तानको शानदार जित

2 months ago
ईङ्गल्याण्डबिरुद्धको-खेलमा-पाकिस्तानको-शानदार-जित

असोज ७ । मिना गैरे । हिजो भएको पाकिस्तान र ईङ्गल्याण्डबीचको टी–२० खेलमा इङ्गल्याण्डलाई हराउँदै  पाकिस्तानले शानदार जित निकालेको छ । गएराति पाकिस्तानको नेशनल स्टेडियम कराँचीमा भएको खेलमा इङ्गल्याण्डलाई १० विकेटले हराउँदै पाकिस्तान विजयी भएको हो । 

पाकिस्तानका लागि ववर अजामले नटआउट रहँदै ६६ बलमा ११० रनको योेगदान गर्दै प्लेयर अफ द म्याच भए । पाकिस्तानका मोहम्मद रिजवानले नटआउट रहँदै ५१ बलमा अर्धशतक बनाउँदै ८८ रनको योगदान गरे । अजाम र रिजवानको साझेदारीमा पाकिस्तानले शानदार जित निकाल्यो । 

टस जितेर ब्याटिङ गरेको ईङ्गल्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन जोड्न सक्यो । उसका लागि मोईन अलिले नटआउट रहँदै २३ बलमा ५५ रनको योगदान गरे । त्यस्तै वेन डुकेटले २२ बलमा ४३ रन, ह्यारी ब्रुकले १९ बलमा ३१ रनको योगदान गरे ।