Devdaha Tv | खेलकुद
मंसिर ११ | 2022 Nov 27

३ दिवसीय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतको जित

2 months ago
३-दिवसीय-टी–ट्वान्टी-क्रिकेट-प्रतियोगितामा-भारतको-जित

असोज ८ । मिना गैरे । हिजो भएको ३ दिवसीय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा भारतले ६ विकेटको फराकिलो जित निकालेको छ । यससँगै भारतले अष्ट्रेलियासँग १–१ को बराबरी गरेको छ । टस जितेर बलिङ रोजेको भारतले बर्षाका कारण ८ ओभरमा टुङ्गिएको खेलमा ६ विकेटको फराकिलो जित निकालेको हो । 

भारतका लागि क्याप्टेन रोहित शर्माले २० बलमा ४ छक्का र ४ चौका हान्दै नट आउट रहँदै सर्वाधिक ४६ रन बनाए । त्यस्तै भारतका लागि विराट कोहलीले ६ बलमा ११ रनको योगदान गरे भने हार्दिक पाण्डेले ९ बलमा ९ रन बनाए । त्यस्तैगरी दिनेश कार्तिकले २ बलमा १ छक्का र १ चौका प्रहार गरी १० रनको योगदान गरे भने के एल राहुलले ६ बलमा १ छक्कासहित १० रनको योगदान गरे । भारतले अतिरिक्त ६ रन सहित ७ ओभर २ बलमा ९२ रन बनायो र जित निकाल्यो ।

टस हारेर ब्याटिङ्को निम्तो पाएको अष्ट्रेलियाले ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रनमात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि क्याप्टेन अरोन फिन्चले १५ बलमा ४ चौका र एक छक्का हान्दै ३१ रन बनाए । एम वेडले नटआउट रहँदै २० बलमा ४३ रनको योगदान गरे । त्यस्तै सी ग्रीन र डेभिडले बनाएको ५ र २ रन र १ वाईड बल गरी अष्ट्रेलियाले ९० रनमात्र बनाउन सक्यो ।