Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

राष्ट्रपति भण्डारीद्धारा आगामी निर्वाचनमा सेना परीचालन गर्न स्वीकृति

2 months ago
राष्ट्रपति-भण्डारीद्धारा-आगामी-निर्वाचनमा-सेना-परीचालन-गर्न-स्वीकृति

असोज १० । मिना गैरे । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सेना परीचालन गर्न निर्देशन दिनुभएको छ । भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम आईतबार सेना परिचालन स्वीकृति प्रदान गर्नुभएको हो ।

आगामी निर्वाचन स्वच्छताका आधारमा सम्पन्न गर्न एकीकृत सुरक्षा कार्य योजना, २०७९ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७९ भाद्र १७ मा सिफारिश गरेको थियो । त्यस्तैगरी भाद्र २७ मा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्री देउवाको पत्रका आधारमा भण्डारीले स्वीकृति प्रदान गर्नुभएको हो ।