Devdaha Tv | अर्थ बजार
मंसिर ११ | 2022 Nov 27

कारोबारको अन्तिम दिन बढ्यो सुनको मूल्य, चाँदी भने स्थिर

1 month ago
कारोबारको-अन्तिम-दिन-बढ्यो-सुनको-मूल्य,-चाँदी-भने-स्थिर

असोज १४ । कारोबारको अन्तिम दिन आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

आज छापावाला सुनको मूल्य ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी भने स्थिर रही १ हजार १ सय ७० रुपैयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।