Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

देवदहको शितलनगरमा क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय स्थापना

1 month ago
देवदहको-शितलनगरमा-क्षेत्रीय-निर्वाचन-अधिकृतको-कार्यालय-स्थापना

असोज १५ । रुपन्देहीको देवदह नगरपालिका–७, शितलनगरमा क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि क्षेत्रीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

रुपन्देहीको क्षेत्र नम्वर १, अन्र्तगत प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको सहायक निर्वाचन अधिकृत सिता घिमिरेले जानकारी दिनु भयो । 

निर्वाचन अधिकृतको कार्यालय एक कार्यक्रमका वीच प्रमुख निर्वाचन अधिकृत कृष्णराम कोईराला र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो । सो अवसरमा बोल्दै निर्वाचन अधिकृत कोईरालाले निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरेसगै निर्वाचनको प्रक्रिया शुरु भएको बताउनु भयो । उहाँले यही असोज २३ गते उम्मेदवारको मनोनयन हुने र २६ गते अन्तिम नामावली प्रकाशन गर्ने जनाउनु भयो । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न सबैले सहयोग गर्न आवश्यक रहेको औल्याउनु भयो । 

सोही अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेले सुरक्षाको विषयमा कुनै चिन्ता नगरी निर्वाचनमा होमिन राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो । निर्वाचन अधिकृत श्यामप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यालय स्थापना कार्यक्रममा देवदह क्षेत्रमा रहेका राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहायक निर्वाचन अधिकृत सिता घिमिरेको संचचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।