Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

सरकारले मौद्रिक नीति परिवर्तन गर्न आवश्यक छ डा. कृष्णप्रसाद न्यौपाने

1 month ago
सरकारले-मौद्रिक-नीति-परिवर्तन-गर्न-आवश्यक-छ-डा.-कृष्णप्रसाद-न्यौपाने

असोज १५ । सरकारले मौद्रिक नीति परिवर्तन गर्न आवश्यक रहेको लुम्विनी प्रदेशका पुर्व प्र्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले बताउनु भएको छ । उहाले सरकारले मौद्धिक नीति परिवर्तन नगर्ने हो भने, व्यवसायीहरु पलायन हुन सक्ने बताउनु भयो । देवदह व्यापार संघले विजयादशी, शुभदिपावली, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो । 

नेकपा एमालेका नेता समेत रहनु भएका न्यौपानेले गलत क्रियाकलापका विरुद्ध स्थानीय तह कडाईका साथ लाग्नु पर्नेमा जोड दिनुभयो । उहाले देवदहलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न स्थानीय तह, राजनीतिक दल, व्यवसायीहरु एकतावद्ध रुपमा लाग्नु पर्ने बताउनु भयो । नेता न्यौपानेले रुपन्देहीको भगवानपुर देखि पाल्पा हुदै जाने बाटोलाई व्यवस्थित गर्न सके देवदहलाई व्यापारिक केन्द्रको रुपमा स्थापित गर्न सकिने बताउनु भयो । उहाले भारतीय सिमा नाकामा रहेका भन्सार कार्यालयलाई व्यवस्थित गर्न आवश्यक रहेको औल्याउनु भयो । उहाले देवदह र तिलोत्तमाको वीचमा रहेको रोहिणी नदीलाई दुवई पालिका मिलेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । 

सोही अवसरमा बोल्दै नेपाल चेम्वर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव झविन्द्रप्रसाद कडेलले सरकारको गलत नीतिका कारण व्यवसायीहरु धारासायी बन्ने अवस्थामा पुगेको बताउनु भयो । उहाले गलत काम गर्ने छुट व्यवसायीहरुलाई नभएको भन्दै गलत काम गर्ने व्यवसायीहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । 

देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगर प्रवक्ता गणेश डुम्रे, देवदह–७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, तिलोत्तमा–११ का वडाअध्यक्ष विष्णु बराज, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी, देवदह–६ का वडाअध्यक्ष खेमबहादुर थापा, स्वतन्त्र भूतपुर्व सैनिक कल्याणकारी परिवारका अध्यक्ष किसनबहादुर थापा, देवदह प्रहरी चौकीका विपि राना, नेपाल रेडक्रस सोसाईटीका कृष्णप्रसाद न्यौपाने, लेखा संयोजक लिला वल्लवभ भट्टराई, सल्लाहकार ठाकुरप्रसाद गौतम लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

संघका बरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।