Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

नेपाल शिक्षक संघ देवदह नगर समितिको पाचौ नगर प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम

1 month ago
नेपाल-शिक्षक-संघ-देवदह-नगर-समितिको-पाचौ-नगर-प्रतिनिधिसभा-तथा-शिक्षक-सम्मान-कार्यक्रम

असोज १५ । नेपाल शिक्षक संघ देवदह नगर समितिको पाचौ नगर प्रतिनिधिसभा तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाल शिक्षक संघ देवदहका कार्यवाहक अध्यक्ष मनकला पाण्डेको अध्यक्षता र नेपाल शिक्षक संघका संघीय महासचिव सोमनाथ गिरीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । 

समितिको पाचौ नगर प्रतिनिधि सभाले उमाकान्त अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा मोहम्मद समसुल हक खाँ, महिला उपाध्यक्षमा हिमा रिमाल, सचिवमा रवि रेग्मी, सहसचिवमा शिवलाल क्षेत्री, महिला सहसचिवमा भगवती लम्साल, अर्थ सहसचिवमा शिवकुमार पौडेल, समावेशी सहसचिवमा रुपनारायाण चौधरी र ईन्द्रजीत यादव रहनु भएको छ । अन्य सदस्यहरुमा जानुका लम्साल, तुल्सा अर्याल, विशाखा राना, संगीता चौधरी रहनु भएको छ । यसैगरी पाँचौ नगर प्रतिनिधि सभाले देवदहको १२ वटै वडाका अध्यक्षहरुको समेत चयन गरेको छ । कार्यक्रममा विश्वराज खनाल पुरस्कार समेत वितरण गरिएको छ । केरवानी माविका अध्यक्ष रामकृष्ण पौडेल, युगज्योति माविका दीनानाथ शर्मा, भविश्य निर्माण माविका गोविन्दप्रसाद भूषाल, सरस्वती माविका डोलिन्द्र गिरी, सुकुन्दराका कोईलप्रसाद यादव, जनता माविका गीता काप्mलेलाई विश्वराज खनाल पुरस्कारबाट सम्मान गरिएको थियो । 

त्यसैगरी महामाया भवानी माविका हरिप्रसाद पाण्डे, जनप्रिय माविका जानकी गिरी, सिक्टहन माविका आमेनारायण यादव, खडक माविका चुडामणि शर्मा, कोटही आधारभूतका ऋषिराम खनाललाई स्थानेश्वर अर्याल पुरस्कारबाट सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा २ जना निवृत्त शिक्षकलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा नमकान्त पाण्डे र तुल्सा अर्याल रहनु भएको छ । 

कार्यक्रममा नेपाल शिक्षक संघका संघीय महासचिव सोमनाथ गिरी, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद लामिछाने, नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेशका महासचिव लालप्रसाद पंगेनी, नेपाल शिक्षक महासंघका केन्द्रिय प्रतिनिधि दुधनाथ कुवर, नेपाल शिक्षक महासंघ देवदहका अध्यक्ष निर्मल ढुंगाना नेपाली काग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेल, विश्वराज खनाल अक्षयकोषका प्रमोद खनाल, स्थानेवश्र अर्याल अक्षयकोषका कृष्ण अर्याल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

संघका नगर सदस्य भिमप्रसाद न्यौपानेको स्वागत र सचिव उमाकान्त अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।