Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

1 month ago
देवदह-खानेपानी-उपभोक्ता-तथा-सरसफाई-संस्थाको-शुभकामना-आदानप्रदान-कार्यक्रम-सम्पन्न

असोज १५ । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देवदह रुपन्देहीले विजया दशमी शुभदिपावली, छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानीका स्रोतको उचित संरक्षण गर्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले जन्म देखि मृत्यु सम्म आवश्यक पर्ने पानीको उचित तरिकाले उपयोग गर्नु पर्नेमा जोड दिएका थिए । देवदहको सबै भन्दा ठुलो खानेपानी देवदह खानेपानी निर्माणाधिन अवस्थामा रहेको सलगानीको आयोजना पुरा गर्न सम्पूर्ण देवदहवासी लाग्नु पर्ने सहभागीहरुले बताउनु भएको थियो ।

खानेपानी आयोजनालाई सबल र सक्षम बनाउन सबैको साथ आवश्यकता हुनेमा जोड दिनु भएको थियो । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष गुमान सिंह कुवरको अध्यक्षतामा सम्पन्न भएको शुभकामना कार्यक्रममा प्राबिधिक सल्लाहकार देवी पाठक, कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सल्लाहकार ऋषिराम सापकोटा, लेखा संयोजक सुवकान्त न्यौपाने, प्रेस सल्लाहकार तिलोचन दहाल, ब्यवस्थापक अनिल न्यौपाने, चक्रपानी न्यौपाने, अनिता कुवर, रुकात्मक भारती, गौमती बुढाथोकी, उपेन्द्रराज पाण्डेय, रिमबहादुर ढेगा, बिष्णु भट्टराई, माया भण्डारी, गंगा खरेल, ठगबहादुर पुन, फत्तबहादुर थापा लगायतले आ आप्mना भनाई राख्नु भएको थियो । 

सस्थाका उपाध्यक्ष अनिशा पौडेलको स्वागत र सचिव हरीप्रसाद पाण्डेयको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । शुभकामना कार्यक्रममा संस्थाका कार्यसमिति, लेखा समिति, सल्लाहकार, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।