Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

कोलिय देवदहका १७ औं वार्षिक साधारण सभा समिक्षा तथा शुभकामना कार्यक्रम सम्पन्न

1 month ago
कोलिय-देवदहका-१७-औं-वार्षिक-साधारण-सभा-समिक्षा-तथा-शुभकामना-कार्यक्रम-सम्पन्न

असोज १५ । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा १७ औं वार्षिक साधारण सभाको समिक्षा तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । भाद्र २५ गते देखि ३१ गते सम्म सेवाकेन्द्र स्तरीय साधारण सभा र असोज ३ गते वार्षिक साधारण सभाको मुल कार्यक्रम सम्पन्न गरेको साधारण सभाको समिक्षा गरेको हो । 

संस्थाका अध्यक्ष सुवकान्त न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संस्थाका प्रमुख सल्लाहकार तथा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका सचिव ऋषिराम सापकोटाले वार्षिक साधारण सभामा शेयर सदस्यको उपस्थिती बढाउन सहकारी शिक्षा आवश्यक रहेको बताउनु भयो । उहाले सहकारीले शेयर सदस्यलाई केन्द्रमा राखेर साधारण सभा गर्दा उपस्थिती बृद्धि भएको बताउनु भयो । 

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्षद्धय कृष्ण प्रसाद पौडेल, तुल्सीराम शर्मा, सल्लाहकारहरु श्री जयकिशन अधिकारी, भिम प्रसाद गुरुङ तथा लेखा सुपरिवेक्षण समितिका संयोजक श्री हरि प्रसाद ढुङ्गाना लगायतले साधारण सभा राम्रो भएको बताउनु भएको थियो । 

कार्यक्रममा कृष्ण भुसाल, विष्णु प्रसाद भट्टराई, जागेश्वर पंगेनी, धुव्रराज न्यौपाने, राजुमान गुरुङ्ग लगायतले सुझाव सहित शुभकामना व्यक्त गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष बिष्णु प्रसाद पौडेलको स्वागत र ब्यवस्थापक बिनोद पराजुलीको संचालनमा सम्पन्न भएको कार्यक्रममा १७ औ साधारण सभामा भएको खर्चको जानकारी गराईएको थियो । 

कार्यक्रममा १७ औं वार्षिक साधारण सभा सम्पन्न गर्नका लागि गठीत कार्यदलका संयोजक एवं सदस्य, सल्लाहकार, संचालक, सल्लाहकार परिषदका सदस्य, तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।