Devdaha Tv | समाचार
मंसिर ११ | 2022 Nov 27

आज बदली रही देशका केही स्थानमा वर्षा हुने

1 month ago
आज-बदली-रही-देशका-केही-स्थानमा-वर्षा-हुने

१६ असोज । आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र देशका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।