Devdaha Tv | खेलकुद
मंसिर ११ | 2022 Nov 27

बंगलादेशलाई हराउँदै न्युजिल्याण्डको ८ विकेटको फराकिलो जित

1 month ago
बंगलादेशलाई-हराउँदै-न्युजिल्याण्डको-८-विकेटको-फराकिलो-जित

असोज २३ । मिना गैरे । आज भएको त्रिकोणत्मक टी–ट्वान्टी खेलमा बंगलादेशलाई हराउँदै न्युजिल्याण्डले ८ विकेटको फराकिलो जित निकालेको छ । बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाउन सक्यो । 

बंगलादेशका नजमुल होसेन शान्तोले २९ बलमा ३३ रनको योगदान गरे भने नरुल हसेनले नटआउट रहँदै १२ बलमा २५ रनको योगदान गरे त्यस्तैगरी एइएफ हससेनले २४ रनको योगदान गरे । न्युजिल्याण्डका माईकल ब्रेसवाल म्यान अफ द म्याच भए । 

आइतबार हाग्ले ओभल स्टेडियममा भएको खेलमा टस जितेर बलिङ रोजेको न्यूजिल्याण्डले १ सय ३८ रनको लक्ष्य १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै पुरा ग¥यो । 

न्यूजिल्याण्डका  लागि डेभेन कनवेले ५१ बलमा ७० रन बनाउँदै नटआउट रहे । त्यस्तै गेलेन फिलिब्सले ९ बलमा २३ रन बनाउँदै अविजित रहे । त्यस्तै न्युजिल्याण्डका काने विलियमसनले २९ बलमा ३० रनको योगदान गरे ।