Devdaha Tv | खेलकुद
मंसिर ११ | 2022 Nov 27

त्रिदिवसीय टी–ट्वान्टी सिरीज २०२२ को पाँचौ खेलमा न्युजिल्याण्डद्धारा ४८ रनको फराकिलो जित हात

1 month ago
त्रिदिवसीय-टी–ट्वान्टी-सिरीज-२०२२-को-पाँचौ-खेलमा-न्युजिल्याण्डद्धारा-४८-रनको-फराकिलो-जित-हात

मिना गैरे । असोज २६ । बंगलादेश र न्युजिल्याण्डबीचको त्रिदिवसीय टी–ट्वान्टी सिरीज २०२२ को पाँचौ खेलमा न्युजिल्याण्डले ४८ रनको फराकिलो जित हात पारेको छ । न्युजिल्याण्डको हाग्ले ओभल स्टेडियममा बुधबार बिहान भएको खेलमा बंगलादेशलाई ४८ रनले पछि पार्दै न्यूजिल्याण्डले जित हात पारेको हो । 

टस हारेर व्याटिङ्को निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनाउन सफल भयो । न्युजिल्याण्डका लागि फिन अलेनले ३२, गुप्तोले ३४, कनवे डब्लु केले ६४ रनको योगदान गरे । न्युजिल्याण्डका गेलेन फिलिब्सले २० बलमा ६० रनको योगदान गर्दै म्यान अफ द म्याच भए । त्यस्तैगरी चापमानले २ रनको योगदान गर्दा निशमले नटआउट रहँदै ६ रनको योगदान गरे । न्यूजिल्याण्डका निशमले शुन्य रनसहित १ बल खेल्दै नटआउट रहे । न्यूजिल्याण्डले अतिरिक्त १० रन पाएको थियो । 

बंगलादेशका बलर सैफुडिन र ईबाडट होसेनले समान २÷२ विकेट लिदा शोरीफुल ईस्लामले १ विकेट लिए । बंगलादेशका लागि शान्तोेले ११ बनाउँदा लिटिन दास र सौम्य सरकारले समान २३ रनको योगदान गरे । त्यस्तैगरी अफिफ होसेन, नुरुल हसन र यासिर अलिले क्रमश ४, २, ६ रनको योगदान गरे भने मोसाडेक होसेन र सैफुडिन नटआउट रहँदै क्रमश ९ र ३ रनको योगदान गरे । 

बंगलादेशले अतिरिक्त ९ रनसहित निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०८ रनमात्र बनाउन सक्यो । न्यूजिल्याण्ड १४ अक्टोबरमा पाकिस्तानसँग खेल्नेछ भने बंगलादेश भोली पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ ।