Devdaha Tv | खेलकुद
मंसिर ११ | 2022 Nov 27

आईसीसी म्यान टी–ट्वान्टी विश्वकप २०२२ को आज भएको खेलमा श्रिलंकाको फराकिलो जित

3 weeks ago
आईसीसी-म्यान-टी–ट्वान्टी-विश्वकप-२०२२-को-आज-भएको-खेलमा-श्रिलंकाको-फराकिलो-जित

मिना गैरे, कार्तिक १५ । आईसीसी म्यान टी–ट्वान्टी विश्वकप २०२२ को ३२ औँ खेलको सुपर १२ ग्रुप १ को खेलमा अफगानिस्तानलाई हराउँदै श्रिलंकाले फराकिलो जित हात पारेको छ । आज बिहान अष्ट्रेलियाको द गाब्बा स्टेडियममा भएको खेलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै श्रिलंका विजयी भएको हो । 

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रन बनाउन सक्यो । अफगानिस्तानले दिएको लक्ष्य पछ्याएको श्रिलंकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर १४८ रन बनाएर विजयी भयो । 

श्रिलंकाको जितमा धनन्जय डे सिल्भाले नटआउट रहँदै सर्वाधिक ६६ रनको योगदान गरे । त्यस्तैगरी श्रिलंकाका कुशल मेण्डिसले २४, असलंकाले १९, बि राजापास्काले १८ र पठम निसांकाले १० रनको योगदान गरे । श्रिलंकाका वानिडु हसरंगाले सर्वाधिक ३ विकेट लिदै म्यान अफ द म्याच भए । त्यस्तै श्रिलंकाका राजिथाले १ विकेट लिन सफल भए । 

अफगानिस्तानका गुरुवाज, उस्मान घानी, ईब्राहिम जद्रन, नाजीबुल्लाह, गुलबदिनले क्रमशः २८, २७, २२, १८ र १२ रनको योगदान गरे । त्यस्तैगरी अफगानिस्तानका नाबी रसिद खान, मुजीवले क्रमशः १३, ९, र १ रनको योगदान गरे । त्यस्तैगरी अनमतुल्लाहले नटआउट रहँदै १ रनमात्र बनाउन सके ।