Devdaha Tv | अर्थ बजार
मंसिर ११ | 2022 Nov 27

कारोबारको पहिलो दिनमा नै बढ्यो सुनचाँदीको मूल्य

1 week ago
कारोबारको-पहिलो-दिनमा-नै-बढ्यो-सुनचाँदीको-मूल्य

कार्तिक २७ । कारोबारको पहिलो दिन आज आईतबार सुनचाँदीको मूल्य बढेको छ । 


आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 


आज तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 


आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भई प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।