Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

जनचासो र सरोकारका विषयमा लागि पर्ने छु : भुसाल

1 week ago
जनचासो-र-सरोकारका-विषयमा-लागि-पर्ने-छु-:-भुसाल

कार्तिक २७ । रुपन्देही क्षेत्र नम्बर १ का बाम गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसालले जनचासो र सरोकारका विषयमा लागि पर्ने बताउनुभएको छ । आईतबार मतदाता भेटघाटका क्रममा भुसालले रोजगारी बृद्धि, गरिबी नियन्त्रण, निःशुल्क गुणस्तरीय शिक्षा, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, लगायत जनचासो र सरोकारका विषयमा आफू सधै प्रतिबद्ध रहेको बताउनुभयो । 


दैनिक गुजाराका लागि रोजगारी सिर्जना नहुँदा युवाहरु भारत तथा तेस्रो मुलुक पलायन हुने बाध्यता रहेको भन्दै स्वदेशमै रोजगारीको सिर्जनाको लागि आफू प्रतिबद्ध भएर लाग्ने उहाँले उल्लेख गर्नुभयो ।