Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

मैले चुनाव जित्नैपर्छ : चापागाई 

1 week ago
मैले-चुनाव-जित्नैपर्छ-:-चापागाई-

कार्तिक २७ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका अधिवक्ता टिकाराम चापागाईले आफूले चुनाव जित्नैपर्ने बताउनुभएको छ । आईतबार रुपन्देही १ को दाउन्ने, पिपलडाढा, शितलनगर पाकडी, लगायतका ठाउँमा घरदैलो तथा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरम बताउनुभएको हो । 

घरदैलो कार्यक्रमा बोल्दै चापागाईले देश बेथिति, कुसस्कार र कुरीतिले जर्जर भएकाले त्यसलाई सही दिशामा ल्याउन आफूले चुनाव जित्नैपर्ने बताउनु भएको हो । उहाँले रुपन्देही १ मा यसपटक स्थानीय उम्मेदवार आफूलाई जिताउन अनुरोध गर्नुभएको छ । टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।