Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

सरनवारीलाई कृषिको नमुना गाउँको रुपमा विकास गरिनेछ : भुसाल

1 week ago
सरनवारीलाई-कृषिको-नमुना-गाउँको-रुपमा-विकास-गरिनेछ-:-भुसाल

कार्तिक २८ । सत्तारुढ गठबन्धनको समर्थनमा रुपन्देही १ बाट स्वतन्त्र उमेद्वारी दिनुभएका नेता घनश्याम भुसालले सरनवारी गाउँलाई अर्गानिक जोनको रुपमा स्तरवृद्धि गरि कृषिको नमुना गाउँको रुपमा विकास गरिने बताउनु भएको छ । सोमबार रुपन्देही १ अन्तर्गत देवदहको सरनावारी गाउँमा मतदाता संग कुरा गर्दै भुसालले सरनावारी कृषिको रुपमा पर्याप्त सम्भावना बोकेको ठाउँ भएको उल्लेख गर्दै यसको विकासको लागि आफु प्रतिबद्द भएर लाग्ने बताउनुभयो । 

सरनवारीमा उत्पादन भएका कृषिजन्य उत्पादन संकलनका लागि कृषि उपज संकलन केन्द्र र शीत भण्डारणको स्थापना गरि उत्पादित बस्तुको भण्डारण र बजारीकरणका लागि व्यवस्थापनमा अहम भूमिका खेल्ने समेत भुसालले उल्लेख गर्नुभयो । कृषि आधुनिकरण र उत्पादन बृद्दीका लागि कृषकलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था , सिचाई ,मल ,बिउ बिजनको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने समेत भुसालको भनाई थियो  । 

अभियान अन्तर्गत सोमबार देवदहको वडा नम्बर ५ र ६ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको निर्वाचन परिचालन कमिटिका संयोजक हिरा बहादुर केसीले बताउनुभयो । 

त्यस्तैगरी रुपन्देही क्षेत्र नं १ क गठबन्धनका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार बिश्वनाथ यादवले देश मतदाताले चलाउने बताउनु भएको छ । सोमबार एक कार्यक्रमका बिच बोल्दै यादवले सो कुरा बताउनु भएको हो । नेतृत्वमा जान खोज्ने तर नेतृत्वमा पुगेपछि सेवा र व्यक्तिगत मोज मस्तिमै बिलुप्त हुनेहरुलाइ मतदाताले खबरदारी गर्न आवश्यक रहेको यादवले उल्लेख गर्नुभयो ।