Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

निर्वाचनपछि ओलीको नेतृत्वमा बहुमतको सरकार गठन हुन्छ : विश्वकर्मा

1 week ago
निर्वाचनपछि-ओलीको-नेतृत्वमा-बहुमतको-सरकार-गठन-हुन्छ-:-विश्वकर्मा

कार्तिक २८ । जनमतको अनाधर गर्दै अदालतमा गएर फरक दलको नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनी विन्ति विसाउनेहरु अहिले मत मागिरहेको नेकपा एमालेका सचिव छविलाल विश्वर्माले बताउनु भएको छ । उहाले आफनै दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तर अहिले भने विधि र प्रक्रियाको कुरा गरेर नागरिकलाई छल गरिरहेको आरोप लगाउनुभयो । रुपन्देहीको देवदह नगरपालिका ५, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलोको क्रममा भएको कोणसभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । 

रुपन्देही क्षेत्र नम्वर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका नेता विश्वकर्माले समृद्ध राष्ट्र निर्माणको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दावी गर्नुभयो । उहाँले राष्ट्र र राष्ट्रियताको लागि मंसीर ४ पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताउनु भयो । पुर्वमन्त्री समेत रहनुभएका नेता विश्वकर्माले मंसीर ४ पछि एमालेको नेतृत्वमा सरकार गठन भएपछि सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने दाबी गर्नुभयो । 

विश्वकर्माले एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका, एक अस्पतालको अवधारण अगाडि सारेको बताउनु भयो । उहाले एमालेको नेतृत्वमा बन्ने सरकारले मात्र सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान गर्ने दाबी गर्नु भयो । नेता विश्वकर्माले रोहिणी नदीलाई राष्ट्रिय योजनाको रुपमा अगाडि सारेर  पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताउनु भयो । उहाले यस क्षेत्रलाई उत्तर र दक्षिण जोड्नको लागि सडक निर्माणको काम अगाडि बढाएको बताउनु भयो । उहाले नागरिकले दिएको सुझाव र जनताको चाहना अनुसार विकास निर्माणको कामलाई तिव्रता दिने बताउदै अधुरा कामहरुलाई पुर्णता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेता विश्वकर्माले कम्यूनिष्ट आन्दोलनलाई बिचमै छोडेर भाग्नेहरुले देशको विकास गर्छु भन्ने कुरा नागरिकलाई ढाट्ने काम बाहेक केही नभएको आरोप लगाउनु भयो । उहाले आफु मात्र यस क्षेत्रको साझा उम्मेदवार रहेको दाबी गर्नु भयो । 

सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिष चौधरीले यस क्षेत्रमा नेपाली काग्रेसले धेरै बर्ष जितेपनि केही विकास गर्न नसकेको बताउनु भयो । उहाँले राष्ट्र र राष्ट्रियता बचाउनको लागि नेकपा एमाले, राप्रपा र जसपा वीच चुनावी तालमेल गरेको बताउनुभयो । घरदैलो कार्यक्रममा नेकपा एमाले, राप्रपा र जसपाका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।