Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

जनमतको अपमान गर्नेलाई मतदान नगरौँ : चापागाई

1 week ago
जनमतको-अपमान-गर्नेलाई-मतदान-नगरौँ-:-चापागाई

कार्तिक २८ । रुपन्देही क्षेत्र नंं. १ बाट प्रतिनिधी सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अधिवक्ता टिकाराम चापागाईले जनताको मतलाई अपमान गर्नेलाई मतदान नगर्न आग्रह गर्नुभएको छ । चापागाईंले भलुहीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । 

चापागाईले विकास कस्तो हुन्छ, विकास कसरी गर्नु पर्छ भनेर देखाउन र जनताको जीवन स्तर सुधार ल्याउन आफुले जित्नु पर्ने बताउनुभयो । टिकाराम चापागाईं रुपन्देही क्षेत्र नम्वर १ का प्रतिनिधी सभा चापाकल चिन्हका स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।