Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

धनको आडमा राजनीति गर्न हुन्न : त्रिपाठी

1 week ago
धनको-आडमा-राजनीति-गर्न-हुन्न-:-त्रिपाठी

कार्तिक २८ । पूर्वमन्त्री एवम् जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्दयेश त्रिपाठीले धनको आडमा राजनीति गर्न थालियो भने जानकीले भने झै राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी हुने बताउनुभएको छ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्र्तगत बर्दघाट नगरपालिकाको वडाहरुमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष त्रिपाठीले राजनीतिमा धनको हावी भयो भने युवाहरुको राजनीतिक भविष्य समेत समाप्त हुने जिकिर गर्नुभयो । उहाँले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासंग भिक्षा मागेको बताउनुभयो । अध्यक्ष त्रिपाठीले आफुले मागेको भिक्षा यस क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागी भएको बताउँदै आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । 

त्यसैगरी नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १  (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार पुण्य प्रसाद पौडेलले धनको बलमा यहाँका मतदाता बिक्रि नहुने बताउनुभयो । त्यस्तै नेकपा एमालेका नेत्री एवम् पूर्व संविधान सभा सदस्य सिन्धु जलेसा बूढााथोकीले जप्रपा, नेकपा एमाले र जसपाको संयुक्त गठबन्धन मजबुत रहेको भन्दै आफुहरुले चुनाव जित्ने आंकलन गर्नुभयो ।