Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

पर्यापर्यटनलाई विशेष महत्व दिईनेछ : रज्जाक 

1 week ago
पर्यापर्यटनलाई-विशेष-महत्व-दिईनेछ-:-रज्जाक-

कार्तिक २८ । रुपन्देही क्षेत्र नम्बर १ २ का बाम गठबन्धनका साझा उम्मेदवार अब्दुल रज्जाकले  पर्यटन क्षेत्रको उत्खनन, प्रचारप्रसार तथा संरक्षणलाई प्राथमिकता दिने बताउनु भएको छ । आइतबार मतदातासंग कुरा गर्दै रज्जाकले यस क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचार, प्रबद्र्दन, र स्तरोन्नति गरि विकास गरिने बताउनु भएको हो । 

रुपन्देही १ पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना रहेको क्षेत्र भएको बताउंदै गौतम बुद्दको मावली क्षेत्र देवदह , बाह्रकुने कुवा , भवानीपुर पाकड़ी क्षेत्र , बैरीमाइ , कन्यामाइ , खयरडांडा , पुस्करानी दह , माथागढ़ी जस्ता पुरात्विक स्थानहरुको संरक्षण तथा सम्बर्धनका निमित्त अहोरात्र खट्ने यादवले प्रतिवद्धता व्यक्त गर्नुभयो । जातीय तथा सांस्कृतिक विविधताको संरक्षण गर्दै सांस्कृतिक संग्रहालयको स्थापना र आय आर्जनको लागि  होमस्टेको अवधारणा ल्याइने समेत रज्जाकको भनाई थियो ।