Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

देवदहको महत्व लुम्बिनीको भन्दा कम नभएको बताउन ढिला भईसक्यो : भुसाल

1 week ago
देवदहको-महत्व-लुम्बिनीको-भन्दा-कम-नभएको-बताउन-ढिला-भईसक्यो-:-भुसाल

कार्तिक २९ । रुपन्देही क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार घनश्याम भुसालले देवदहलाई बुद्ध मावलीको रुपमा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि पहल गर्ने बताउनु भएको छ । मंगलबार देवदहमा घरदैलो पछि भएको कोणसभामा बोल्दै भुसालले विश्व जगतलाई देवदहको महत्व लुम्बिनीको भन्दा कम नभएको बताउन ढिला भईसकेको बताउनुभयो । 

रुपन्देही १ पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना रहेको क्षेत्र भएको बताउंदै गौतम बुद्दको मावली क्षेत्र देवदह, भवानीपुर पाकडी क्षेत्र, बैरीमाइ, कन्यामाइ, खयरडांडा, पुस्करानी दह, माथागढीजस्ता पुरात्विक स्थानहरुको संरक्षण तथा संवद्र्धन गरि पर्यटकीय क्षेत्रको विस्तार गरिने र पर्यटकको माध्यम बाट आर्थिक स्तर उकास्न पहल गरिने भुसालले प्रतिबद्दता व्यक्त गर्नुभयो । 

घरदैलो अभियान अन्तर्गत मंगलबार देवदहका  ७ , ८ र ९ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचान परिचालन कमिटिका संयोजक हिरा बहादुर केसीले जानकारी दिनुभयो ।