Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

आफ्नो मत खेर नफाल्नु : भोजराज श्रेष्ठ

1 week ago
आफ्नो-मत-खेर-नफाल्नु-:-भोजराज-श्रेष्ठ

कार्तिक २९ । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा रुपन्देही २ २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भोजप्रसाद श्रेष्ठले काँग्रेस नेता कार्यकर्ताहरुलाई आफ्नो मत खेर नफाल्न सुझाव दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा काँग्रेसको तर्फबाट उम्मेदवार नभएकाले मत खेर नफाल्न सुझाव दिँदै उहाले सूर्यमा मतदान गर्न आग्रह गर्नुभएको हो । 

कतिपय अवस्थामा नेकपा एमाले र नेपाली काँग्रेस सँग–सँगै लोकतन्त्र प्राप्तिका लागि लडेको स्मरण गराउँदै उहाले आफ्नो मत खेर नफाल्नका लागि सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो । आगामी मंसिर–४ को निर्वाचनका लागि घरदैलो तथा जनतासँग भेटघाटमा बोल्दै श्रेष्ठले विगतमा भएका कमजोरीहरुलाई समेत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

मुलुकको समृद्धि र परिवर्तनको नेतृत्व एमालेबाटै सम्भव रहेको बताउँदै उहाले मंसिर ४ मा एमाले छनोट गर्न मतदातालाई आग्रह गर्नुभयो ।