Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

देवदहमा कोलिय सहकारीद्धारा ७ दिने स्वास्थ्य सामाग्री निर्माण तालिमको सुभारम्भ 

1 week ago
देवदहमा-कोलिय-सहकारीद्धारा-७-दिने-स्वास्थ्य-सामाग्री-निर्माण-तालिमको-सुभारम्भ-

कार्तिक २९ । कोलिय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ७ दिने स्वास्थ्य सामाग्री निर्माण तालिमको सुभारम्भ गरेको छ । मंगलबारबाट सुरु हुने गरि लघु उद्यम विकास परियोजना अन्तर्गत कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको आयोजन र प्रदेश युवा परिषद् लुम्बिनी प्रदेशको प्राविधिक सहयोगमा फिनेल, हार्पिक र कुलीन उत्पादन सम्बन्धि ७ दिने तालिम आयोजना गरिएको हो । 

कार्यक्रम उद्घाटन गर्दै अर्थ तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव नेत्र सुवेदीले आफ्नो मन्त्रालयले सहकारीका अवस्था, आवश्यकता तथा आगामी बाटोको बारेमा नजिकबाट हेर्ने गरेको बताउँदै तालिमबाट प्राप्त ज्ञानलाई प्रयोग गरि उत्पादनमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उत्पादनले बजार नपाउने समस्या समाधान गर्न सके मात्र व्यवसाय सफल हुने धारणा राख्नुभयो ।

सचिव सुवेदीले प्रशिक्षार्थीहरु सिकेर उत्पादनमा लाग्ने बेलादेखी लागेपछीका हरेक चरणमा चुनौतीहरु आउनु स्वभाविक भएकाले त्यसका लागि पहिलेदेखी नै तयारी गरेर लाग्नुपर्ने बताउनुभयो । उहाँले सहकारीले अगाडि बढाउने उत्पादनसँग जोडिएका कार्यक्रमहरुमा आफ्नो सदैव साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

तालिममा २४ जना प्रशिक्षार्थीको सहभागीता रहेको संस्थाका व्यवस्थापक बिनोद पराजुलीले जनकारी दिनुभयो । युवाहरुलाई उत्पादनमा जोड्दै स्वरोजगार बनाउने उद्देश्यका साथ प्रदेश युवा परिषदको सहयोगमा तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष सुवकान्त न्यौपानेले बताउनुभयो । 

कार्यक्रमबारे बोल्दै अध्यक्ष न्यौपानेले सहकारीको संस्थागत विवरण, विभिन्न कार्यक्रम र सेवाहरुको विवरण तथा आगामी योजनाहरुको बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद् लुम्बिनी प्रदेश उपाध्यक्ष गोविन्द केसी, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्द्रिय संचालक सन्दिप सापकोटा, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका प्रदेश महासचिव ऋषिराम सापकोटा लगायतले संस्थाले युवा स्वरोजगार र उत्पादनको क्षेत्रमा आयोजना गर्ने यस्ता तालिमहरुलाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रम सहकारीका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको स्वागत र व्यवस्थापक बिनोद पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियो ।