Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

जनताको घरमा नै बसेर काम गर्छु : रज्जाक 

1 week ago
जनताको-घरमा-नै-बसेर-काम-गर्छु-:-रज्जाक-

कार्तिक २९ । लोकतान्त्रक–वाम गठबन्धनका  क्षेत्र नंं.  १ (२) का उम्मेदवार अब्दुक रज्जाकले जनताको समस्या समाधानका लागि निर्वाचित भएपछि जनताकै घरमा बास बस्ने बताउनु भएको छ। मंगलबार तिलोत्तमा नगरपालिकामा घरदैलो पछिको कोण सभालाई सम्बोधन गर्दै नेता रज्जाकले आफ्नो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिई जनतासंग परामर्श गरेर काम गर्ने बताउनुभएको हो ।

आफु २०७० मा निर्वाचित हुँदा सुरु गरेका भौतिक निर्माणका योजनाहरुमध्ये धेरै योजना पुरा हुन नसकेकोले ती आयोजनाहरूलाई आफु निर्वाचित भए पछि पहिलो प्राथमकितामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

जनताका समस्यासंग आफू जानकार भएको बताउदै रज्जाकले अब देश बनाउने जिम्मा लोकतान्त्रिक वाम गठबन्धनको काँधमा आएको उल्ल्ेख गर्नुभयो । 


घर दैलो अभियान अन्तर्गत मंगलबार तिलोत्तमाका  ७, १० , १५ र  ओमसतियाको वडा नम्बर ५ मा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको संयुक्त निर्वाचन परिचालन कमिटिका संयोजक हिरा बहादुर केसीले जानकारी दिनुभयो ।