Devdaha Tv | स्थानीय
मंसिर ११ | 2022 Nov 27

नेत्रहिन युवा संघ रुपन्देहीद्धारा अपाङ्गता मैत्री निर्वाचन संरचना माग 

1 week ago
नेत्रहिन-युवा-संघ-रुपन्देहीद्धारा-अपाङ्गता-मैत्री-निर्वाचन-संरचना-माग-

बुटवल, कार्तिक २९ । नेत्रहिन युवा संघ नेपाल रुपन्देहीले आगामी मंसिर ४ गते हुने  प्रदेश सभा तथा प्रतिनिध सभा  निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुको समान सहभागीताको लागि माग गरेको छ ।

 विगतका स्थानीय तह निर्वाचन लगायत अन्य निर्वाचनमा अपाङ्गता भएका व्याक्तिहरुको निर्वाचनमा प्रयोग गरिएको मतदान स्थल अपाङ्गता मैत्री नहुनु, अपाङ्गता मैत्री व्यवहार समेत नभएको कारण कतिपय अपाङ्गता भएका व्याक्तिहरुले आफ्नो मताधिकार प्रयोग गर्न नपाएको भन्दै उनीहरुले यो निर्वाचनमा सरोकारवाला निकायबाट बढि भन्दा बढि यो विषयमा ध्यान दिन ध्यानाकर्षण समेत संघले गराएको हो । 
नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले अपाङ्गता भएका व्याक्तिहरुको लागि लाईन बस्न मात्रै नपर्नेलाई सरकारी निकायबाट अपाङ्गता मैत्री व्यवहार गरेको भनिदै आएकोमा अपाङ्गता भएका व्याक्तिहरुको समान सहभागीताका लागि उनीहरुले रहेको स्थान घर देखि मतदान स्थल सम्म र मतदान स्थलमा मत प्रयोग गरेपछि सम्बन्धी आवाससम्म सहज रुपमा आउने र जाने व्यवस्था सरकारी निकायबाट हुनुपर्ने माग गर्नुभयो । दृष्टिविहिनता भएका तथा अन्य शरिरिक अपाङ्गता सहित अन्य प्रकृतिको अपाङ्गता भएका व्याक्तिहरुले आफ्नो मताधिकार गोप्य रुपमा प्रयोग गर्न पाउने गरी गोप्य स्थानको छनौटका साथै सहायक सामग्री समेत लैजान मिल्ने गरी निर्माण गर्न आग्रह गर्नुभयो । खासगरी  अपाङ्गताको क्षेत्रमा संरचना अपाङ्गता मैत्री नहुँदा उनीहरुले मताधिकारबाट बञ्चित हुनुपरेको भन्दै यसमा सबै निकायको ध्यानाकष्र्ण हुनुपर्ने समेत बताउनुभयो  ।

बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष पौडेलले अपाङ्गता भएका व्याक्तिहरुको सहि र सहज रुपमा मताधिकार प्रयोगको वातावरण निर्माणका लागि स्वयम सेवक परिचालन गर्न माग गर्नुभएको हो । 

निर्वाचनमा पहुँच परियोजनाका अधिकृत लक्ष्मी पाण्डेका अनुसार मतदान केन्दमा गोप्य स्थल उज्यालो भए नभएको, टेबुल उपयुक्त स्थानमा भए नभएको अपांगता भएका व्यक्तीहरुलाई मतदाता शिक्षा भए नभएको एकिन गर्न समेत माग गर्नुभएको छ । त्यस्तै पाण्डेले निर्वाचनमा खटिएका कर्मचारीहरुलाई अपांगतामैत्री व्यवहार, तालिम र विशेष निर्देशन दिनुहुन ध्यानाकर्षण गराउनुभएको छ । 

कार्यक्रममा निर्वाचनमा पहुँच परियोजनाका फिल्ड प्रमोटर सुस्मा हुमागाई, नेत्रहिन युवा संघ नेपाल रुपन्देही सदस्य टिकाराम घिमिरे लगायतले आ–आफ्नो भनाईं राख्नुभएको थियो ।