Devdaha Tv | शिक्षा / प्रविधि
चैत्र १८ | 2023 Apr 01
Flash News

सगरमाथा आवासीय विद्यालयमा १२ का विद्यार्थीले गरे ११ का विद्यार्थीलाई स्वागत

4 months ago
सगरमाथा-आवासीय-विद्यालयमा-१२-का-विद्यार्थीले-गरे-११-का-विद्यार्थीलाई-स्वागत

कार्तिक ३० । सगरमाथा आवासीय विद्यालय देवदह–७, ले स्वागत कार्यक्रम गरेको छ । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले नव आगन्तुक कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेका हुन । कक्षा १२ का विद्यार्थी भावना क्षेत्रीको अध्यक्षता र सगरमाथा क्याम्पस संचालक समितिका अध्यक्ष ऋषिराम सापकोटाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरुले देशको विकासको लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको औल्याएका थिए । उनीहरुले शिक्षाले मात्र देशको विकास हुने हुदा राज्यले शिक्षामा बढि लगानी गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रमका वक्ताहरुले शिक्षाको विकासको लागि निजी शिक्षण संस्थाहरुले लगानी गरेपनि राज्यले निजी विद्यालयलाई बेवास्ता गर्ने गरेको बताएका थिए । उनीहरुले उच्च शिक्षाको लागि लगनशिल, मेहनत आवश्यक पर्ने बताउदै उच्च शिक्षाको लागि शुभकामना दिएका थिए । 

कार्यक्रममा सगरमाथा क्याम्पस संचालक समितिका अध्यक्ष ऋषिराम सापकोटा, सगरमाथा आवासीय माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष डिल्लीराज मरासिनी, विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेल, सहप्रार्चाय प्रदीप अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो । 

कक्षा १२, का विद्यार्थी सन्तोषी सापकोटाको स्वागत, शिक्षिका भिमा गुरुङ्ग, सृष्टि विश्वकर्मा र तुलबहादुर श्रीषको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।