मंसिर २ । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै देवदह ई.बो. स्कुल देवदह–७ रुपन्देहीले नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार अतिरिक्त क्रियाकलाप बिभागको आयोजनामा विद्यालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कक्षा ७ देखि १० सम्मका करिब २०० विधार्थिहरुको सहभागिता रहेको थियो । विद्यार्थिहरुको सहभागितामा सात सदस्यीय समिति गठनका लागि भएको निर्वाचनमा अध्यक्षमा ४ जना, उपाध्यक्षमा ६ जना, सचिवमा ५ जना, कोषाध्यक्षमा ५ जना र दुई सदस्यका लागि ५ जना गरि जम्मा ३० जनाले विद्यालय, पढाई लगायतका अतिरितm क्रियाकलापमा सहजता ल्याउने प्रतिबद्धता मतदाता समक्ष व्यक्त गर्दै चुनावी मैदानमा उत्रिएका थिए ।
नमुना निर्वाचन मतदान कार्यक्रममा बिद्यार्थीहरुलाई आगामी ४ गते हुन लागेको निर्वाचनमा कसरी भोट हाल्ने, कस्ता मान्छेलाई भोट हाल्ने जस्ता निर्वाचन सम्बधी जानाकारीहरु प्रदान गरिएको थियो । विद्यालयका कार्यवाहक प्रधानाध्यापक मन बाहादुर क्षेत्रीको अध्यक्षता र कक्षा १० का विद्यार्थि मनिष खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।