Devdaha Tv | अर्थ बजार
मंसिर ११ | 2022 Nov 27

मंगलबार सुनको मूल्य घट्दा चाँदी बढ्यो

4 days ago
मंगलबार-सुनको-मूल्य-घट्दा-चाँदी-बढ्यो

मंसिर ६ । मंगलबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि आएको छ । आज छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनच्चादी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको थियो । 

आज तेजावी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । 

आज सुनको मूल्य ओरालो लाग्दा चाँदीको मूल्य भने उकालो लागेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रिितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।