Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

गुल्मीको अर्बेनीमा पुनः मतदान,  १२ बजेसम्म ६६३ मत खस्यो

4 days ago
गुल्मीको-अर्बेनीमा-पुनः-मतदान,-१२-बजेसम्म-६६३-मत-खस्यो

गुल्मी, मंसिर ६ । गुल्मी जिल्लाको जिल्लाको क्षेत्र नम्बर–१ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा पुनः मतदान भएको छ । दिउँसो सवा १२ बजेसम्म ६६३ मत खसेको मतदान अधिकृत नवराज भण्डारीले बताउनुभयो।

त्यस मतदान केन्द्रमा रहेका १ हजार ३६९ जना मतदाता रहेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।

स्थगित गरिएका भगवती माध्यमिक विद्यालयको क र ख केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताउनुभयो । तर सबै मतदानले पुनः मतदान गर्ने भएका छन् ।