Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

गगन थापा काठमाण्डौँ ४ देखि प्रतिनिधी सभा सदस्यमा निर्वाचित

4 days ago
गगन-थापा-काठमाण्डौँ-४-देखि-प्रतिनिधी-सभा-सदस्यमा-निर्वाचित

मंसिर ६ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं– ४ मा गगन थापा प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनुभएको छ । थापा २१ हजार ३ सय २ मतका साथ विजयी हुनुभएको हो । 

उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको थियो । विजयपश्चात थापाले आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताउनु भएको छ । 

मंगलबार बिहान निर्वाचन मतपरिणाम घोषणा भएगलत्तै थापाले मतदाताले व्यक्त गरेको मनको कुरा पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले अहिले जनताले  नेपाललाई हाक्ने नयाँ चालक खोजेको र आफू त्यो नेतृत्व दिन तयार रहेको बताउनुभएको छ ।