Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

प्रकाशमान सिँह काठमाडौं– ४ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित

4 days ago
प्रकाशमान-सिँह-काठमाडौं–-४-बाट-प्रतिनिधी-सभा-सदस्यमा-निर्वाचित

मंसिर ६ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं– ४ बाट प्रतिनिधी सभा सदस्यमा प्रकाशमान सिँह निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनबाट साझा उम्मेदवार काँग्रेस नेता सिंह काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतान्तरले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पछि पार्दै जित आफ्नो हातमा लिनुभएको हो । 

नेता सिंहले कुल ७ हजार १४३ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्दी मिश्रले ७ हजार १८ मत प्राप्त गर्नुभयो ।