मंसिर ६ । इन्डोनेसियाको जाभा टापुमा गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउने र घाइते भएकामध्ये धेरैजसो विद्यालयमा पुगेका बालबालिका रहेको उद्धारमा खटिएका उद्धारकर्ताहरूले बताएका छन् । त्यहाँको स्थानीय प्रशासनले मृत्यु हुनेको संख्या २५२ भन्दा धेरै पुगेको जनाएको छ ।
ईण्डोनेसियामा सोमबार ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाादा पहाडी क्षेत्रमा बढी असर परेको थियो । भुकम्पका कारण गएको पहिरोले पश्चिम जाभा सहर सियानजुर नजिकैका सम्पूर्ण गाउँहरू डुबेको डुबानमा परेको थियो ।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका एक प्रतिनिधिले पनि मृत्यु हुनेमा धेरै युवा रहेको पुष्टि गरेका छन् । उद्धार कार्यमा मद्दत गर्न भुकम्पग्रस्त क्षेत्रमा सयौं प्रहरी र अन्य उद्धारकर्ताहरू खटाएको छ ।
आपतकालीन स्रोतहरू र प्रभावित समुदायहरूलाई क्षतिपूर्ति दिने त्यहाँको प्रशासनले बताएको छ । ईण्डोनेसियामा सुलावेसी टापुमा २०१८ को भूकम्पमा २ हजारभन्दा बढी मानिसहरू मारिएका थिए । ईण्डोनेसियामा कम्पन र पराकम्पनहरु आई नै रहन्छन् ।