मंसिर ७ । बुधबार सुनचाँदीको मूल्य ओरालो लागेको छ ।
आज छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन हिजो ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।