Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

मतपरिणममा कस्को अग्रता ? हेर्नुहोस् 

3 days ago
मतपरिणममा-कस्को-अग्रता-?-हेर्नुहोस्-

मंसिर ७, मिना गैरे । निर्वाचनको मतपरिणाम आउँने क्रम जारी छ । साझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार हालसम्म प्रतिनिधी सभातर्फ ३३ स्थानका नतिजा सार्वजनिक भएको छ । मतपरिणमअनुसार नेपाली काँग्रेस १४ ठाउँमा विजयी भएको छ भने ४३ स्थानमा अग्रता कायम गरेको छ । 

एमालेले ५ वटा प्रतिनिधी सभा सदस्य पद जितेको छ भने ३९ स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले ३ स्थानमा जित हासिल गर्दै १४ स्थानमा अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ४ स्थानमा जित निकाल्दै ४ स्थानमा अग्रता कायम गरेको छ । 

एकिकृत समाजवादीले १ स्थानमा जित हासिल गर्दै ८ स्थानमा अग्रता लिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ ठाउँमा जित हासिल गर्दै ४ स्थानमा अग्रता लिएको छ । 

जनता समाजवादी पार्टीले १ स्थानमा जित हासिल गर्दै ३ स्थानमा जितको नजिक पुगेको छ । 

नागरिक उन्मुक्ति पार्टीले १ स्थानमा अग्रता लिदै १ स्थानमा नै जित हात पारेको छ । त्यस्तैगरी लोकतान्त्रिक समाजवादी पार्टीले ३ स्थानमा अग्रता लिएको छ ।