Devdaha Tv | अर्थ बजार
मंसिर ११ | 2022 Nov 27

बिहीबार सुनचाँदीको मूल्यमा भारी वृद्धि

2 days ago
बिहीबार-सुनचाँदीको-मूल्यमा-भारी-वृद्धि

मंसिर ८ । बिहिबार सुनचाँदीको मूल्य एकैपटक भारी मूल्यले उकालो लागेको छ । 

आज छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो तेजावी सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

आज सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।