Devdaha Tv | समाचार
मंसिर ११ | 2022 Nov 27

थप ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

2 days ago
थप-६-जनामा-कोरोना-भाईरस-संक्रमण-पुष्टि

मंसिर ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन विधीबाट कुल ९ सय ९० जनामा परीक्षण गर्दा थप ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज ३० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ५९ हजार ३ सय ३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 

हाल देशभर कुल ३ सय ४५ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।