Devdaha Tv | राजनीति
मंसिर ११ | 2022 Nov 27

निर्वाचनको परिणाम आउँने क्रम जारी 

2 days ago
निर्वाचनको-परिणाम-आउँने-क्रम-जारी-

मंसिर ८, मिना गैरे । निर्वाचनको नतिजा आउँने क्रम जारी रहेको छ । साझ साढे ५ बजेसम्मको तथ्याँकअनुसार प्रतिनिधी सभातर्फ कुल ८७ स्थानका नतिजा सार्वजनिक भएका छन् । 

प्रतिनिधी सभातर्फ सबैभन्दा धेरैँ नेपाली काँग्रेसले जीत हात पारेको छ । हालसम्म नेपाली काँग्रेसले देशभर कुल ३२ स्थानमा जित हासिल गर्दै २० स्थानमा अग्रता कायम गरेको छ । 

नेकपा एमालेले १९ स्थानमा जित हासिल गर्दै २९ स्थानमा अग्रता कायम गरेको छ । 

त्यस्तैगरी नेकपा माओवादी केन्द्रले ७ स्थानमा अग्रता कायम गरेको छ भने ९ स्थानमा जित हासिल गरेको छ । 

एकीकृत समाजवादी पार्टीले ७ स्थानमा जित हासिल गरेको छ भने ३ स्थानमा जित हात पार्ने दाउमा छ । 

त्यस्तैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित हासिल गरिसकेको छ भने १ स्थानमा अग्रता लिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ४ स्थानमा जित सुनिश्चित गर्दै ३ स्थानमा अग्रता लिईरहेको छ । 

जनता समाजवादी पार्टीले जम्मा १ स्थानमा जित हासिल गर्दै ६ स्थानमा अग्रता बनाएको छ । 

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले २ स्थानमा अग्रता कायम गरेको छ । लोसपाले यसअघि नै २ स्थानमा जित हासिल गरिसकेको छ । 

यसैबीच नागरिक उन्मुक्ति पार्टीले २ स्थानमा विजय हासिल गरेको छ । भने अन्य केही पार्टीहरुले ४ स्थानमा जित हासिल गरेका छन् । 

यसैबीच नेकपा एमालेले समानुपातिकतर्फ २६ दशमलव ५ प्रतिशत, नेपाली काँग्रेसले २४ दशमलव ९ प्रतिशत, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ दशमलव ३ प्रतिशत, नेकपा माओवादी केन्द्रले ११ दशमलव ९ प्रतिशत, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ७ दशमलव १ प्रतिशत र अन्य पार्टीहरुले १६ दशमलव २ प्रतिशत मत प्राप्त गरेका छन् । यही मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको मतगणना भईरहेको छ । निर्वाचन आयोगले अबको १ हप्ताभित्र मतगणना सक्ने बताउँदै आएको छ । मतदान र मतगणना स्थगित भएका स्थानमा भने मतपरिणाम आउन समय लाग्ने बताईएको छ ।